Techie IT
Mission Khabar

देशभरको मौसममा सामान्य बदली, यस्तो छ दिनभरको मौसम पूर्वानुमान


काठमाडौं । आइतबार देशभरको मौसममा सामान्यत बदली रही केही स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरेको हो ।

अहिले समेत देशभर सामान्य बदली सहित देशका केही स्थानमा पानी परिरहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावकाले मौसम बदली भएको मौसमविद्ले जानकारी दिएका छन् । पछिल्लो समय स्थानीय वायुको प्रभाव नेपालमा बढी देखिएको छ ।

मौसमविद्का अनुसार आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीको आँकलन गरिएको छ । पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको पूर्वानुमान गरिएको छ ।

पछिल्लो समय पश्चिमी वायुको प्रभाव, पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावका र स्थानीय वायुको प्रभावका कारण मौसमी प्रणालीमा निरन्तर बदलाब देखिदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्