कोरोनाबाट १३ देशमा १ सय २८ नेपालीको मृत्यु, १५ हजार ८ सय बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या १ सय २८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता मात्रै नेपाल बाहिर अर्थात संयुक्त अरब इमिरेट्स, बेलायत, संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक जना तथा बहराइनमा दुई नेपाली गरेर सात जनाको ज्यान गएको छ । शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ ।
नेपालमा मात्रै कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ । एनआरएनए को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालीको ज्यान गएको छ । युएईमा १९, अमेरिकामा १७, साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । एनआरएन कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार नेपालबाहेक बाहेकका ३५ देशमा १४ हजार ४ सय २५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
सबैभन्दा बढी कतारमा करिब ७ हजार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिकामा एक हजार ७ सय, युएईमा एक हजार ६ सय, बेलायतमा एक हजार ५ सय १७ जना र नेपालमा एक हजार ४ सय १ जनामा संक्रमण देखिएको छ । यस्तै साउदी अरबमा एक हजार ३ सय ६४, कुवेतमा ६ सय ५०, बहराइनमा ३ सय ११ र मलेसियामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायतका ३५ देशका नेपाली कोरोना महामारीबाट प्रभावित छन् ।
एनआरएनएका अनुसार शनिबार साँझसम्म करीब चार हजार पाँच सय नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् । डेनमार्क र टर्कीमा रहेका नेपालीमा भने यो साता नयाँ संक्रमण देखिएको छ ।
आफ्ना नागरिकको उद्धार तथा स्वदेश फिर्ताको सरकारी निर्णयको स्वागत
नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने बारे गरेको पछिल्लो निर्णयको एनआरएनले स्वागत गरेको छ । संघका अध्यक्ष कुमार पन्तले निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्दै समस्यामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन सहजीकरणका लागि तयार रहेको बताएका छन् ।
शनिबार संघले विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरेको छ । मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे छलफल गरेको संघले समस्यामा परेका नेपालीहरुलाई राहत वितरण लगायतको सरसहयोग विभिन्न समिति मार्फत गर्दै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्