Techie IT
Mission Khabar

मृतक दुई बर्षे बालिकामा कोरोना पुष्टि, डडेल्धुराका बालकको रिपोर्ट आउँदै


काठमाडौं कैलाली । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ ।

कैलालीको गौरिफन्टा नाकाबाट ८ दिन अघि नेपाल आएकी उनी परिवारसँगै गाउँको क्वारेन्टाइनमा बस्दै आएकोमा स्वास्थ्यमा समस्या आएपछि १५ गते बाजुराको जिल्ला अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार राति करिब २ बजे मृत्यु भएकी बालिकासँगै उनकी आमामा समेत कोरोना पुष्टि भएको छ ।

भारतमा आउँदादेखि नै ज्वारो आउने, बान्ता हुने समस्या देखीएकी बालिकामा कडा खालको निमोनिया देखिएपछि बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको थियो । परिवारसँगको सहमतिमा मृतक बालिकको शबलाई डिस्पोज गरिने अस्पतालले जनाएको छ ।

यस्तै, डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका एक बालकको समेत मृत्यु भएको छ । गएराती १२ बजे मृत्यु भएका नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको समेत स्वाब संकलन गरेर कोरोना परिक्षण गरिएको छ । उनीपनि भारतको मुम्बइबाट शनिबार राती मात्रै डडेल्धुरा आइपुगेका थिए ।

बालक गम्भीर बिरामी भएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । ज्वरोको उपचार गरिरहेका बालकलाई यसअघि मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार गरिएको थियो ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्