पछिल्लो २४ घण्टामा थपिए १६६ संक्रमित, मृत्यु हुनेको संख्या ८ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या १५६७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये १ हजार ४ सय ५० जना पुरुष र १ सय १७ जना महिला रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक रौटहतका २९ जना, धनुषाका २१ जना, सप्तरीका १२ जना, सर्लाहीका १० जना, पर्साका ५ जना, झापाका ४ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, कैलालीका ३ जना, बाजुराका २ जना, कपिलवस्तुका ५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक जना डिस्चार्ज भएसँगै हालसम्म २ सय २० जना निको भएर घर फर्किएका छन् । आज मात्रै मकवानपुरकी एक सुत्केरी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बारामा एक, ललितपुरमा एक, अर्घाखाँचीका एक, दैलेखमा एक, बाजुरामा एक गरि ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १ सय ९२ रहेको छ । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय ४९ पुगेको छ । आइतबारसम्म आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ६९ हजार ५ सय ८२ स्वाब परीक्षणहरु गरिएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्