Techie IT
Mission Khabar

बाँके दुर्घटना अपडेट : मृतकको संख्या १२, घाइतेको नामावली सार्वजनिक


काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटनाका कारण १२ जना घाइते भएका छन् । बाँके प्रहरीका अनुसार भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई नेपालगञ्जबाट सल्यानतर्फ लैजादै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

करिब १२ बजेतिर भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण अनियन्त्रित भई ट्रकमा ठोक्किएको देखिएपनि दुर्घटनाको कारण बारे अध्ययन भैरहेको छ ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएकोमा तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गरिदैछ । मृतक ११ पुरुष र एक महिला छन् । गाडीमा सल्यान, दाङ र रोल्पाका मानिसहरु रहेको पाइएपनि पहिचान गर्ने काम भैरहेको छ ।

प्रहरीले सार्वजनिक गरेको घाइतेको नामावली

–दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
–दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
–दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
–दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
–दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
–दाङ जिल्लाका २० वर्षीय भरत थापा
–रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
–रोल्पा त्रिवेणी ७ का २० वर्षीय वीरेन्द्र परियार
–रोल्पा त्रिवेणीकै १८ वर्षीय पुरन परियार
–रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
–रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
–सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
–सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
–सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
–सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
–सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
–सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
–सल्यान जिल्लाका शिव भण्डारी
–सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
–सल्यान सिद्धिकुमाखका १८ वर्षीय देवेन्द्र बुढाथोकी
–सल्यान सिद्धिकुमाखकै १७ वर्षीय ज्ञान बहादुर बोहरा ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्