Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमित १८ सय नजिक, एकैदिन थपिए २ सय २६ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौटहतमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७, सुर्खेतमा ५, सिरहामा ५, नवलपरासी पूर्व र पाल्पामा तीन तीन जना संक्रमित थपिएका हुन् । रुपन्देही, झापा र महोत्तरीमा २, २ जना तथा मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ११ महिने शिशु समेत छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना र पिसिआर विधिबाट ७१ हजार ९ सय ३ स्वाब परीक्षणहरु गरिएका छन् । सोमबार साँझसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ र आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ पुगेको छ ।

कोरोना संक्रमणका कारण सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्