लकडाउन चासो : खुकुलो बनाइने चर्चा, संक्रमितसँगै बढ्दै त्रास
लकडाउनको निरन्तरता कि विकल्प खोज्ने ?

काठमाडौं । जेठ २० बाट लकडाउन हट्ला कि भन्ने आम आँकलन निरन्तर संक्रमित बढेसँगै गलत सावित भैदियो । सरकारले समेत जेठ २० को लकडाउन समयसिमासँगै जोखिमका आधारमा क्षेत्र निर्धारण गरेर कडा वा खुकुलो बनाउने गृहकार्य थाल्यो । तर दिनहुँ डेढ सयभन्दा बढीले संक्रमित बढे । सरकार यसपछि लकडाउनको समयसिमा बढाएर जेठ ३२ सम्म तन्काउन बाध्य बन्यो ।
अहिले फेरी जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने र रेड जोन अर्थात उच्च जोखिका क्षेत्रमा कडाई गर्ने बारे विज्ञहरुसँग छलफल चलिरहेको छ । पछिल्लो समयसिमा बढाएको मन्त्रिपरिषद् बैठकले समेत विज्ञको राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने जिम्मेवारी उच्चस्तरीय समन्वय समितिलाई दिएको छ ।
के गर्दै छ त उच्चस्तरीय समन्वय समिति ?
अबको एक दुई दिनभित्रै बस्ने बैठकमा विज्ञहरुको राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे निर्णय हुने बताइएको छ । समित सदस्य समेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिसको तयारी गरेपनि प्रधानमन्त्री केपि शर्मा ओलीले थप जोखिम बढ्नसक्ने भन्दै असहमती राख्दै आएको बताएका छन् ।
देशका हिमाली, पहाडी जिल्ला तथा काठमाडौं लगायतका जोखिम कम भएका शहरी क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल, रेस्टुरेन्ट लगायत भिडभाड हुने क्षेत्रहरु बन्द राख्नेगरी लकडाउनको मोडालिटि परिवर्तन गर्ने गृहकार्य समितिले गरेको छ । आगामी दिनमा थपिने संक्रमितको संख्याका आधारमा आगामी मोडालिटि परिवर्तन हुनसक्ने कतिपय विज्ञहरुको आँकलन छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु एक दुई दिनमै लकडाउनको मोडालिटि परिवर्तन गरेर जनजीवन सामान्य गराउने पक्षमा रहे पनि प्रधानमन्त्री अन्य देशको भयाबह अवस्थाका कारण आश्वस्त हुन सकेका छैनन । एकैपटक संक्रमण बढेर महामारी नियन्त्रण बाहिर जान थाल्यो भने के गर्ने ? अस्पतालले धान्दैनन, डाक्टरहरुमा भागाभाग हुन्छ भन्ने प्रधानमन्त्री ओली निरन्तरको लकडाउनबाट बढ्नसक्ने असन्तुष्टि कसरी रोक्ने भन्ने मा प्रधानमन्त्रीले चासो राख्दै आएका छन् ।
के लकडाउन बाहेक कोरोना रोकथामका उपाय छैनन त ?
अब विश्वका विभिन्न देशको उदाहरण हेरौँ । कोरोनाले भयाबह बनाएका युरोपेली मुलुकमा निक्कै कम समय मात्रै लकडाउन भयो । स्थिति असामान्य बन्दा समेत देश ठप्प पारिएन, जोखिम र आवश्यकताका आधारमा बजार, पसल तथा जनजिवन प्रभावित बनाइयो । नागरिकमा सचेतना बढाएर सामाजिक दूरीको अभ्यास, स्वास्थ्य सावधानीमा पोख्त बनाएपछि संक्रमणको दर विस्तारै घट्यो । र अहिले प्राय युरोपेली मुलुकको लकडाउन हटेको छ र बाँकी मुलुकमा समेत हट्दै छ ।
जापान, अस्ट्रेलिया लगायतका देशले ठप्प पार्नेगरी लकडाउन नै गरेनन् । सचेतना तथा जरिवानाको त्रासदीले सबै नागरिक सचेत हुँदा यहाँ पनि अहिले कोरोना कहर घटेर जनजिवन सामान्य बनेको छ । यता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै लकडाउनमात्रैले कोरोना रोकथाम सम्भव नहुने बताउँदैआएको छ । डब्लुएचओले सामाजिक दुरीको अभ्यास, नागरिकमा कोरोना संक्रमणबाट बच्ने स्वास्थ्य सावधानीको अभ्यास लगायतले जोखिम कम गर्नेतर्फ सचेत गराउँदै आएपनि हाम्रो देशमा नागरिकस्तरमा लकडाउनका सर्तनामा कार्यान्वयन भन्दा उल्लंघन बढेको छ ।
अब सबैको चासो रहेको लकडाउन कहिलेसम्म राख्ने र कसरी परिवर्तन गर्ने भन्ने उपयोगी निर्णय गर्नुपर्ने जिम्मेवारी सरकारकै काँधमा छ । अबको लकडाउन रणनीति कस्तो हुन्छ, कहिलेसम्म रहन्छ ? यसका लागि सरकारकै निर्णय कुर्नुको विकल्प देखिदैन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्