Techie IT
Mission Khabar

नेपालमा २ हजार बढी कोरोना संक्रमित, ४ स्वास्थ्यकर्मी सहित थपिए २ सय ८८

१ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ सय ८८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित

रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना, दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जना ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमण पुष्टि भएकामा चार जना काठमाडौं मेडिकल कलेज सिनामंगलका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४० जनाको पीसीआर परीक्षण गरिएसँगै अहिलेसम्म पीसीआर विधिबाट स्वाब परिक्षण गरिएको संख्या ७५ हजार ३ सय ४३ पुगेको छ । आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको परीक्षण भएको छ ।

देशभर मंगलबार साँझसम्म १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा रहेकोमा अधिकांश भारतबाट स्वदेश आएकाहरु छन् । यस्तै, संक्रमण पहिचान भएका १ हजार ८ सय २५ जना देशका विभिन्न स्थानका आइसोलेसनमा छन्। संक्रमित मध्ये २ सय ६६ जना कोरोना मुक्त हुँदा कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्