Techie IT
Mission Khabar

थपिए २०१ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २३००


काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमित पुष्टि हुनेमा १७९ पुरुष र २२ जना महिला छन् ।

कोरोना संक्रमण देशका ७७ मध्ये ६४ जिल्लामा विस्तार भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना जित्नेमा ५६ महिला र २ सय २२ जना पुरुष छन् ।

बुधबार साँझसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख ५५ हजार ८ सय ६८ र आइसोलेसनमा बस्नेको संख्या २ हजार १३ पुगेको छ । कोरोनाका संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्