Techie IT
Mission Khabar

कोरोनाबाट ९ जनाको मृत्यु, दोलखाका एक बृद्धको उपचारका क्रममा टिचिङ हस्पिटलमा निधन


काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । दोलखाका ७६ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेसँगै मृतकको संख्या ९ पुगेको हो ।

जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका उनको अपरेसन गरिएपछि त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो । उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको हो । १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका उनको बुधबार कोरोना रिपोर्ट पोजेटि आएको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँके नरैनापुरका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक बृद्ध, अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ का पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिका गरी ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्