Techie IT
Mission Khabar

थप एकको मृत्यु, ३ सय ३४ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४

६५ जिल्लामा संक्रमण विस्तार


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३४ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २१ स्थानका प्रयोगशालामा भएको पछिल्लो २४ घण्टाको परिक्षणबाट बिहिबार ३१९ पुरुष र १५ महिला हला संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ सय ३४ पुगेको हो ।

प्रदेशगत रुपमा कोरोना संक्रमण

प्रदेश १ का १२ जिल्लामा १ सय ९७ प्रदेश २ का सबै ८ जिल्लामा ९ सय ६३ बागमतीका १२ जिल्लामा ५९, गण्डकी प्रदेशका ७ जिल्लाका ५३, पाँच नम्बर प्रदेशका ११ जिल्लामा ८सय ९८, कर्णालीका ६ जिल्लाका ३ सय ८३ र सुदुरपश्चिका ९ जिल्लामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा एकैदिन १ सय १३ र रौतहटमा ६५ संक्रमित थपिएका छन् । योसँगै देशका ७७ जिल्ला मध्ये ६५ जिल्लामा संक्रमण विस्तार भएको छ ।

जेठ २० गते पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका पाल्पा पूर्व खोला गाउपालिका सिलुवाका ४५ बर्षिया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । २९० जना कोरोना मुक्त भएका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्