दैलेखमा कोरोना संक्रमणका कारण २० बर्षे युवकको निधन, २६३४ संक्रमित पुग्दा १२ जनाको मृत्यु
काठमाडौं दैलेख । आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका दैलेखका एक युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि गरिएको पीसीआर जाँचमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनबाट २१ गते दिउँसो घरपुगेका थिए । सोही दिन राती उनको मृत्यु भएको थियो । मृत्यु भएपछि बिहीबार स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको हो । मृतक युवकको शवलाई वीरेन्द्रनगरस्थित सेनाको टोलीले ब्यवस्थापन गर्नेछ । योसँगै कर्णालीमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको थियो ।
देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । बिहिबार साँझसम्म कोरोना संक्रमितको संख्या २ हाजार ६ सय ३४ पुगेको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्