Techie IT
Mission Khabar

६८ जिल्लामा कोरोना विस्तार,संक्रमितको संख्या ३ हजार नजिक

पछिल्लो २४ घण्टामा २७८ संक्रमित


काठमाडौं । शुक्रबार  गोरखा, कास्की र हुम्ला सहित बिभिन्न जिल्लामा २ सय ७८ कोरोना संक्रमित भेटिएसँगै  ६८ जिल्लामा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । संक्रमितको संख्या २ हजार ९ सयबाट उकालो लाग्दा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लामा कोरोना संक्रमण  विस्तार भएको हो।

शुक्रबारसम्म प्रदेश १ का १२ जिल्लामा २४२ जनामा कोरोना देखिएको छ । प्रदेश २ का ८ वटै जिल्लामा कोराना देखिदा संक्रमितको संख्या ९ सय ९३ पुगेको छ । बाग्मती प्रदेशका १२ जिल्लामा कोरोना देखिदा संक्रमितको संख्या ८५ र गण्डकी  प्रदेशका ९ जिल्लामा कोरोना संक्रमण देखिदा संक्रमितको संख्या ५७ पुगेको छ । प्रदेश ५ का ११ जिल्लामा कोरोना फैलिदा ९ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोराना फैलिदा ९१ जना संक्रमित छन् ।

हालसम्म नेपालमा पिसिआर बिधीबाट ८८ हजार ३ सय ६६ परिक्षण गरिएको छ भने आरडीटीबाट १ लाख ३२ हजार ९ सय ६६ परिक्षण भएका छन् । पछिल्लो २४ घण्टामा पिसिआरबाट ४ हजार २ सय ३२ परिक्षण हुँदा आरडिटी बिधिबाट ७ हजार ४ सय २ परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए । हालसम्म क्वारेन्टाइनमा १ लाख ६६ हजार ७ सय ६५ जना रहेका छन् । २ हजार ५ सय ६८ जनाको आइसुलेसनमा उपचार भइरहेको छ ।

पछिल्लो एक सातामा नेपालमा कोरोना संक्रमितको संख्या साँढे २ सय जतिले बढ्दा देशभर त्रासदी बढेको छ  । शुक्रबार बिहान मात्रै सुर्खेतमा एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने ३ सय ३३ जनाले कोरोना जितेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्