अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज राती सार्वजनिक हुँदै

काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा शविबार राती सार्वजनिक हुदैछ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फट ट्वीट गर्दै जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी गराएको हो ।
नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिनेछ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने दुतावासले जानकारी दिएको छ । नम्बर बिर्सेकाहरुले Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण भरेपछि नतिजा हेर्न सक्नेछन् । अमेरिकी सरकारले आर्थिक वर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।
डिभीका बिजेताहरुले सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसकेकाले मात्रै अमेरिका प्रवेश पाउनेछन् । अमेरिकाले सन् १९९१ देखि डाइभर्सिटी भिसा चिठ्ठा कार्यक्रम लागू गरेर हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई अमेरिका लैजानेगरेको छ । पछिल्लो ५ वर्षमा ५० हजारभन्दा कम मानिस अमेरिका आउने मुलुकका हकमा मात्रै यो कार्यक्रम लागू हुँदै आएको छ ।
अमेरिकामा धेरै आप्रवासन दर हुने मुलुकले यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् । अमेरिकाको डीभी कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्नेगरेको तथ्यांक छ । नेपालमा पनि बर्षेनी ५० औँ हजारले डीभी भर्नेगरेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्