Techie IT
Mission Khabar

४ दिनअघि मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि


काठमाडौं डोल्पा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । डोल्पाको जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि भएसँगै नेपालमा मृतकको संख्या १२ पुगेको हो ।

जेठ १८ गते नेपालगञ्ज सुर्खेत जुम्ला हुँदै डोल्पा पुगेका उनलाई आरडीटी परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । घरमै बस्नेक्रममा उनको २० गते निधन भएपछि संकलन गरिएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर बिधिबाट परीक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएसँगै ३ नम्बर वडा र गाउँपालिकालाई सिल गरिएको र उनको सम्पर्कमा आएका सबैको पीसीआर परिक्षणको रिपोर्ट नआउँदासम्म सिल कायम राख्ने जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले बताए ।

मृतक पुरुषको दाहसंस्कारमा गाउँले, वडावासी र अरु छिमेकी वडावासीसमेत सहभागी भएका थिए । उनी लामो समयदेखी दमको रोगबाट पीडित रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्