Techie IT
Mission Khabar

अग्रमोर्चामा खटिने ३२ प्रहरीमा कोरोना संक्रमण, भय र त्रासका बीच ड्युटी

१४ जना संक्रमितले जिते कोरोना


काठमाडौ । शनिबार साँझसम्म नोभल कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्र मोर्चामा खटिने ३२ जान प्रहरी अधिकृत तथा जवानमा संक्रमण पहिचान भएको छ । प्रहरी प्रवक्ता निरजबहादुर शाहीले देशभर ३२ जनमा कोरोना पहिचान हुँदा सबैभन्दा बढी प्रदेश २ मा २२ जना संक्रमित पहिचान भएका र १४ जनाले कोरोना जितिसकेको जानकारी दिएका हुन् ।

बाँकी १८ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । शनिबार मात्रै दुईजना प्रहरीमा कोरोना पुष्टि भएको थियो । प्रदेश २ का प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएकोमा ७ जना निको भएर ब्यारेकमै सेल्फ क्वारेन्टाइनमा छन् । २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

आफ्नै सहकर्मीमा संक्रमण देखिदा कतिपय सुरक्षाकर्मीमा भय र त्रास बढेपनि जोखिमकाबीच सावधानी अपनाएर आफ्नो जिम्मेवारीमा खटिदै आएका छन् । यसअघि संक्रमण पुष्टि भएका नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव १ दर्जन अधिकृत तथा जवानमा निको भएर होम क्वारेन्टाइनमा बसिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्