Techie IT
Mission Khabar

थपिए २१३ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ३४४८

७१ जिल्लामा कोरोना विस्तार


काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् । संक्रमित मध्ये २ सय ९ पुरुष ४ जना महिला रहेका छन् ।

प्रदेशगत बिवरण

प्रदेश १ को १२ जिल्लामा २ सय ५९ प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१ बागमती प्रदेशका १२ जिल्लामा ९२, गण्डकी प्रदेशका ९ जिल्लामा ग १ सय ११ प्रदेश पाँचका सबै १२ जिल्ला रोल्पा सहित एक हजार ८१, कर्णालीका ९ जिल्लामा ६ सय ३३ र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमित पहिचान भएका छन् ।

देशका ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना विस्तार भएको छ । अहिलेसम्म पहिचान भएका कोरोना संक्रमित मध्ये ३ हजार २ सय १२ पुरुष र महिला २ सय ३६ जना महिला रहेका छन् ।

हालसम्म ९६ हजार २ सय ५ पीसीआर विधिबाट परिक्षण गरिएको र १ लाख ४५ हजार ४९ जनाको आरडीटी परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय २८ र ७ हजार ६ सय १४ आरडीटी परिक्षण सम्पन्न भएका छन् । देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोरोना अस्पतालबाट १२ कैलाली अस्पताल बाराबाट ३४, कोरोना विशेष अस्पताल बलम्बुबाट १, बुटवट धागो कारखानाको कोरोना अस्पतालबाट २७, कोरोना विशेष अस्पताल दाङ बेलझुण्डीबाट १०, गौरको नर्सिङ इन्स्ट्युच्युटबाट १८ जना गरेर १ सय २ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म प्रदेश एकका ९१, प्रदेश २ का १ सय ८६ बागमती प्रदेशका ३२ गण्डकी प्रदेशका ३ प्रदेश पाँचका १ सय ३३ कर्णालीका ९ र सुदुपश्चिम प्रदेशका १३ समेत गरेर ४ सय ६७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्