रेडियोमार्फत पढाउन महानगरको उर्दी, दुरसञ्चार शिकाई कति सम्भव कति असम्भव ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको पठनपाठन रेडियोमार्फत गर्ने तयारी थालेको छ । महागरपालिकाले आइतबार सूचना जारी गर्दै कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ शुरु गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
जेठ २७ गते मंगलबारदेखि मेट्रो एफएममार्फत कक्षा संञ्चालन हुने भन्दै तयारी अवस्थामा रहने विद्यार्थीलाई भनिएको छ । विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीको लागि सुचना जारी गरेको महानगरले शिक्षकहरुलाई सहयोग गरिदिन समेत सबैमाझ अनुरोध गरेको छ ।
रेडियो तथा टेलिभिजनबाट कोरोना महामारिको समयमा शिक्षण सिकाई गरिनेगरि तयार भैरहदा यो शिकाई सबैको पहुँचमा पुग्ने देखिदैन ।
शिक्षाविद् मनप्रसाद वाग्नेले यस्तो शिकाईले शिक्षामा बिभेद निम्तिनसक्नेतर्फ सरकार तथा सरोकारवालालाई सचेत गाराउँदै आएका छन् । उनी भन्छन् इन्टरनेट, मोवाई, रेडियो, टेलिभिजन के कति घरपरिवार र विद्यार्थीको पहुँचमा छ भन्ने एकिन नै नगरि हचुवाको भरमा निर्णय गरिदा विद्यार्थीको मनोबल गिर्ने तथा शिक्षण शिकाईको गुणस्तर कायम गर्न सकिदैन । अझ रेडियोबाट त अडियो सामाग्रीको मात्रै सुविधा हुने भएकाले विद्यार्थीहरुले शिकाइएका कुरा ग्रहण गरे नगरेको, उनीहरुले शिकाई अभ्यासमा कतिको ध्यान दिन्छन भन्ने जान्न नै गाह्रो हुन्छ ।
अनलाईन, रेडियो, टेलिभिजनबाट कक्षा सञ्चालनका लागि विद्यार्थीहरुको पहुँच, शिकाईको लागि तयार भए नभएको मानसिक अवस्था सबै कुराको ख्याल गर्नुपर्ने कतिपय विज्ञहरुको मत छ । पर्याप्त तयारी, योजना र शिकाईको प्रभावकारीताको अध्ययन गरेर मात्रै लकडाउनको शैक्षिक गतिबिधि अघि बढाउनुपर्ने सुझाब आइरहँदा सरकार र विद्यालयहरु कसरी बढ्छन, यो भने अहिलेनै यसै भन्ने अवस्था छैन ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्