आज बजेट पास हुँदै, खुल्ला त सरकारलाई खर्च गर्ने बाटो ?

काठमाडौं । बजेट पास गर्ने तयारी सहित प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा मन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने, सांसदहरुले पेश गरेको २४ भन्दाबढी खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ पेश गरिने कार्यसूची छ ।
मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् । आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि बजेट पारित गर्ने कार्यसूची तय भएको छ । बजेट पारित भएर नयाँ आर्थिक वर्ष सुरु भएलगतै खर्च गर्न सरकारलाई बाटो खुल्नेछ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्