Techie IT
Mission Khabar

७१ जिल्लामा कोरोना कहर, चार प्रदेशका ६ जिल्ला सुरक्षित

इलाम,ओखलढुंगा,रसुवा,मनाङ,मुस्ताङ,पश्‍चिम रुकुम कोरोना संक्रमणबाट सुरक्षित


काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालका ७७ मध्ये ७१ जिल्लामा विस्तार भएको छ । पछिल्लो पटक आइतबारको परिक्षणबाट रोल्पामा समेत संक्रमित पहिचान भएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन् ।

प्रदेश एकको इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट अझसम्म सुरक्षित छन् । वागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा कोरोना संक्रमण पुगेको छैन । कर्णाली प्रदेशको पश्चिम रुकुम पनि अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त छ । २३ जेठमा कर्णालीको हुम्ला तथा गण्डकीको गोरखा र कास्कीमा संक्रमित फेला परे । २४ जेठमा कर्णालीकै जाजरकोट र डोल्पामा पहिलोपटक कोभिड १९ का बिरामी भेटिए । २५ जेठमा प्रदेश ५ को रोल्पामा संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमण संख्यात्मक रुपमा मात्रै होइन जिल्लागत रुपमा पनि विस्तार भइरहेको छ ।

सुदूरपश्चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश(५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश २ का आठवटै र प्रदेश १ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैभन्दा बढी प्रदेश २ मा र सबैभन्दा कम वागमती प्रदेशमा ९२ मात्रै छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक १० माघमा देखापरेको थियो । बैशाखदेखी कोरोना संक्रमणको ग्राफ उकालो लाग्दा अहिलेसम्म मृत्यु हुनेको संख्या नै १४ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्