Techie IT
Mission Khabar

पछिल्लो २४ घण्टामा थपिए ३ सय १४ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ३७६२

७१ जिल्लामा कोरोना विस्तार, १४ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएका मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

अहिलेसम्म निको हुने संक्रमितहरुको संख्या ४ सय ८८ पुग्दा कोरोना संक्रमणका कारण १४ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ९ सय ७१ पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी परिक्षण पुरा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ सय ६६ जनाको पीसीआर बिधिबाट स्वाब परिक्षण र ११ हजार ९ सय ४२ जनाको आरडीटी परिक्षण गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्