Techie IT
Mission Khabar

पशु फार्ममा काम गर्ने पाँच मजदुरको विभत्स हत्या, अभियुक्त झसेन्द्रले स्विकारे हत्या


काठमाडौं । रूपन्देही जिल्लाको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको सामुहिक हत्या भएको छ । कान्छीबजारस्थित गंगादेवी पशु फार्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरीको विभत्स हत्या भएको हो ।

हत्याको आरोपमा सुर्खेतका धसेन्द्र सिंजालीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

अभियुक्तले दिए हत्या स्विकार गर्दै बयान

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई प्रहरीको जिम्मा लगाएका थिए । स्थानीयले घेरेपछि बेहोस भएका उनलाई तिलोत्तमास्थित प्रिन्सन अस्पताल भर्ना गरिएको छ । उपचाररत उनले सामान्य बोल्न थालेपछि लिइएको साविति वयानमा सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए ।

लामो समयको सोधपुछपछि आफूलाई दुख दिएपछि फरुवाले हानेर हत्या गरेको स्विकार गरेका उनी लागूऔषध दुर्व्यसनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्