थप एक जनाको मृत्यु, नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मंगलबार विहान निधन भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको हो ।
सोमबार राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएका भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मंगलबार बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुरद्धारा सार्वजनिक गरिएको सुचनामा जनाइएको छ ।
सोमबार पोखरामा उपचाररत स्याङ्जाका एक बृद्धको कोरोना भाइरस संक्रमणका कारण निधन भएको थियो । पाल्पाको आइसोलेसनमा मृत्यु भएका एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्