Techie IT
Mission Khabar

थपिए २ सय २३ संक्रमित, नेपालका ७२ जिल्लाका ४ हजार ८५ मा कोरोना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय २३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जना रहेका छन् । यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङका ११ जना र धनुषाका ४५ जनामा कोरोना पहिचान भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको कोरोना जाँचका आधारमा इलाम जिल्लामा संक्रमित पहिचान भएसँगै कोरोना विस्तार हुने जिल्लाको संख्या ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ५ सय ८४ पुगेको छ । मंगलबारसम्म १ लाख ६ हजार ३ सय ३१ जनाको स्वाब पीसीआर बिधिबाट परिक्षण गरिदा १ लाख ६६ हजार १ सय ५८ जनाको आरडीटी जाँज सम्पन्न भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५३ जनाको पीसीआर र ९ हजार १ सय ६७ जनाको आरडीटी जाँच गरिएको छ । मंगलबारसम्म क्वारेन्टिनमा रहनेहरुको संख्या १ लाख ६५ हजार ७ सय ७५ पुगेको छ ।

भरतपुर नगरपालिका ११ बस्ने ६८ वर्षीया पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसीयूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुका भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या समेत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्