७२ जिल्लाका ४ हजार ८५ मा कोरोना संक्रमण, पाँच जिल्ला सुरक्षित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराउँदा प्रदेश एकको इलाम जिल्लामा एक जना संक्रमित पहिचान भएको सार्वजनिक गरियो । योसँगै नेपालमा कोरोना संक्रमण विस्तार हुने जिल्लाको संख्या ७२ पुग्यो । यो जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएसँगै कोरोनामुक्त हुनेहरुको संख्या ५ सय ८४ पुगेको छ ।
कुन-कुन जिल्ला कोरोना मुक्त छन त ?
प्रदेश नम्बर १ को ओखलढुंगा बाहेकका १३ जिल्ला, बागमती प्रदेशको रसुवा बाहेकका १२ जिल्ला, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्ला, कर्णाली प्रदेशको रुकुम पश्चिम बाहेकका ९ जिल्ला, प्रदेश दुई सबै ८ जिल्ला, प्रदेश पाँचका सबै १२ जिल्ला र सुदुरपश्चिमका सबै ९ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ ।
१ लाख ६ हजार ३ सय ३१ पीसीआर, १ लाख ६६ हजार १ सय ५८ जनामा आरडीटी किटबाट कोरोना परिक्षण हुँदासम्म क्वारेन्टाइनमा बस्नेहरुको संख्या १ लाख ६५ हजार ७ सय ७५ रहेको छ । क्वारेन्टाइनमा बस्नेहरुको खानपान र बसोबासको व्यवस्थापन भद्रगोल हुँदा र परिक्षण सुस्त भैदिदा क्वारेन्टाइनस्थल नै कोरोना बिस्तार गर्ने हब बन्ने चिन्ता पनि जनस्वास्थ्य तथा सरुवा रोग विज्ञहरुले गर्दै आएका छन् ।
सरकारले क्वारेन्टाइन सुधार र परिक्षणको दायरा बढाउने दाबी गरिरहँदा स्वास्थ्यमन्त्री भानुक्त ढकाल आफैले पीसीआर जाँच बढाउन नसक्नु सरकारको बाध्यता भनेर ढिलासुस्ती आफैले स्विकार गरेका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्