कोरोना कहरमा देश, ११०७४४ पीसीआर परिक्षणबाट ४३६३ संक्रमित पहिचान
१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५७ पुरुष र २२ महिला सक्रमित थपिएका हुन् ।
पछिल्लो पटक संक्रमण पहिचान हुनेमा मोरङका ८ जना, झापाका ५ जना, उदयपुरका ४ जना, सर्लाहीका २७ जना, धनुषाका ११ जना, सप्तरीका ६ जना, रौटहटका ५३ जना, सिरहाका १ जना रहेका छन् । यस्तै, धादिङका १६ जना, चितवनका २ जना, नुवाकोटका १ जना, सिन्धुपाल्चोकका २ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, कपिलवस्तुका ४८ जना, गोरखाका ४ जना, नवलपुरका १ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म ६ सय ७४ जना कोरोना संक्रमति अस्पतालबाट डिस्चार्ज हुँदा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण र आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण गरिएका छन् । नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ वटा नमूना परीक्षण र आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ । अहिलसम्म देशका ७७ जिल्ला मध्ये ७२ जिल्लामा कोरोना विस्तार भएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्