नयाँ लकडाउन मोडालिटि : पसल खोल्न दिइने, मोटरसाईकल र नीजि सवारीमा जोर विजोर लागू
काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कृषि, उद्योग र व्यापारलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार रातीको मन्त्रिपरिषद् बैठकले बिहिबारदेखी नै लागू हुनेगरी काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूको जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनलाई केही खुकुलो पार्ने निर्णय गरेको हो ।
सवारी साधनलाई जोर बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार भोलिबाट नै बजार खोल्न दिइने छ । ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएपनि सवारी साधनको अन्तिम नम्बर जोर भएकाहरु जोर दिन र बिजोर भएकाहरु बिजोर दिन चल्न पाउनेगरी व्यवस्थापन गरिएको छ । सरकारको नयाँ लकडाउन मोडालिटि अनुसार मोटरसाईकलमा चालक एक जना मात्रै र चारपांग्रे नीजि सवारी साधनमा चालक बाहेक दुई जना मात्रै बस्न पाउनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिइने जानकारी गराएका थिए ।
विद्यालय, सिनेमा हल, मनोरञ्जनात्मक व्यवसाय लगायतका धेरै भीडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटीको विस्तृत जानकारी बिहीबार मात्रै दिने बताइएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्