यातना सहेर काम गर्दै आएका बालश्रमिकको उद्धार, लकडाउनपछि घरमालिक बिरुद्ध उजूरी र कारवाही

काठमाडौं । बाल अधिकारका लागि राष्ट्रिय अभियानको पहलमा काठमाडौंमा चरम यातना सहेर बालश्रमिकका रुपमा कार्यरत एक १२ वर्षिया बालकको उद्धार गरिएको छ । अभियन्ता राजाराम बस्नेतको नतृत्वको अभियन्ता टोली, महनगरीय प्रहरी बृत्त महाराजगन्ज र बालबालिका खोजतलाश केन्द्र १०४ को संयुक्त पहलमा काठमाडौंको सुकेधारास्थित एक धामड्यको घरमा चरम यातना भोग्दै आएका बालश्रमिकको उद्धार गरिएको हो ।
घरेलु बालश्रमिकका रुपमा राखिएका १२ वर्षिय बालकलाई लकडाउनको समयमा अत्यन्तै यातना दिइएको, कुटपिट गरेको र कुकुरलाई दिने खाना जबर्जस्ती खान बाध्य बनाइएको जानकारी बालअधिकारका लागि राष्ट्रिय अभियानमा आएपछि अभियन्ता बस्नेत सहितको अभियन्ता टोलीले प्रहरीमा उजुरी दियो । लगत्तै संयुक्त टोली सुकेधारास्थित गुनासो आएको घरमा पुगेर १२ वर्षीया बालकको उद्धारमा जुट्यो ।
चरम यातना दिएर काममा लगाईएका बालकलाई संरक्षण र पुनस्थापनाका लागि बाल उद्दार नेपालको सहयोगमा सञ्चालित इस्थर बेन्जामिन स्मृति सस्थाको बाल गृहमा राखिएको छ । बालश्रमिकलाई चरम यातना दिएर काममा लगाउने घर मालिकबिरुद्ध लकडाउन पश्चात बालश्रमको मुद्दा दर्ता गरेर आवश्यक कारबाही गरिने बालबालिका खोजतलास केन्द्रले जानकारी दिएको छ ।
तस्विर : सोनी भट्टराई (अभियन्ता, बाल अधिकारका लागि राष्ट्रिय अभियान)
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्