Techie IT
Mission Khabar

एकैदिन थपिए ४ सय ४८ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेहरुको संख्या ८७७ पुगेको छ । यी मध्ये ७८६ पुरुष र ९१ महिला रहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्