Techie IT
Mission Khabar

कोरोना कारण थप एक जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो


काठमाडौं । थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो ।

मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनको उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै ज्यान गएको थियो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु थियो । ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका ९ का पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीय पुरुष, पाल्पा पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष र भरतपुर नगरपालिका ११ बस्ने ६८ पुरुष गरी १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसरी ज्यान गुमाउने अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि हुँदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्