थपिए २७३ संक्रमित, कोरोना संक्रमितको संख्या ५३३५ पुग्दा १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो पटक २४७ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
जिल्लागत रुपमा थपिएका संक्रमित
पछिल्लो २४ घण्टामा झापाका ५ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, रौटहटका ९४ जना, महोत्तरीका १ जना, सर्लाहीका १२ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका २५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, गुल्मीका २ जना, रुपन्देहीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको वीरगंज महानगरपालिका घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षिया बेवारिसे पुरुषमा गरिएको पीसीआर जाँचको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत बारा निजगढ वडा नम्बर ६ का तीन वर्षीया बालकमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ जनाको पीसीआर जाँच पुरा भएसँगै अहिलेसम्म पीसीआर जाँच गरिनेको संख्या १ लाख २७ हजार २ सय ८८ पुगेको छ । अहिलेसम्म १ लाख ९० हजार ५ सय ८२ जनाको आरडीटी बिधिबाट परिक्षण सम्पन्न भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ हजार पाँच सय तीस जनाको आरडीटी जाँज पुरा भएको छ । क्वारेन्टिनमा बस्नेहरुको संख्या १ लाख ५० हजार पाँच सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएसँगै कोरोना जितेर घर फर्किनेको संख्या ९ सय १३ पुगेको छ । अहिलेसम्म देशका ७७ जिल्ला मध्ये ७२ जिल्लामा कोरोना विस्तार भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकमा सार्वजनिक रुपमा अनुरोध गर्दै भीडभाड, प्रदर्शन लगायतका गतिबिधि नगर्न नगराउन सचेत गराएको छ । असारबाट दैनिक १० हजार पीसीआर जाँच गरिने जानकारी गराएको मन्त्रालयले भीडभाड र हुलदंगाका कारण थप संक्रमण विस्तार भए १० हजार जाँच समेत पर्याप्त नहुनेतर्फ सबैलाई सचेत रहन आग्रह गरेको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्