Techie IT
Mission Khabar

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो, गुल्मीमा एक संक्रमितको मृत्यु


काठमाडौं\गुल्मी । गुल्मीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षिय पुरुषको तम्घारसस्थित आइसोलेशमा मृत्यु भएको हो ।

तम्घास अस्पतालका डा. कविराज भुसालले जेठ १२ गते संक्रमण पुष्टि भएका उनलाई जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याईएको जानकारी दिए । मृतक पुरुष दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी रहेको बताइएको छ । जेठ २ गते भारतबाट आएर उनी धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बुटवल लैजान खोज्दा उनी आफैले जान मानेका थिएनन् । नेपाली सेनाले राति नै उनको शव धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित जंगलमा लगेर व्यवस्थापन गरेको छ ।

गुल्मीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुग्दा देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । यसअघी गुल्मी मदाने गाउँपालिकाका ४१ बर्षिया शिक्षकको रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्