असार १ देखी रेडियो र टीभीबाट पठनपाठन, सम्भव कि असम्भव ?

काठमाडौं । सरकारले असार १ गतेदेखि एफएम, टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् पठनपाठन सुरु गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवश्यक तयारी पुरा गरेसँगै सरकारले असार १ देखी कोरोना महामारी र लकडाउनको अवधिमा रेडियो तथा टेलिभिजनबाट पढाई सुरु गर्ने जानकारी दिएको हो ।
टेलिभिजनमा कक्षा एक देखि आठ कक्षासम्मको पढाइ सुरु गर्ने तयारी भएको छ । १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट, कक्षा ९ र १० को विषयगत पढाई डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट हुनेछन् । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री समेत तयार पारिएका छन् ।
कक्षा आठ सम्मकालाई हुने एउटा–एउटा डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी वेबसाइटमा राखिएको छ । कतिपय पालिकामार्फत तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा वितरण गरिरहेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जानकारी दिएको छ । दुरसञ्चार शिक्षाका लागि तयार पारिएको सहयोगी सामाग्री घरमै बसेर सिक्ने सक्ने खालको बनाईको सरकारी दाबी छ । विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएम तथा टेलिभिजनलाई समेत उपयोग गर्न सक्नेछन् ।
दुर सञ्चार शिक्षण शिकाईको प्रभावकारीता
रेडियो तथा टेलिभिजनबाट कोरोना महामारिको समयमा शिक्षण सिकाई गरिनेगरि तयार भैरहदा यो शिकाई सबैको पहुँचमा पुग्न नसक्ने भन्दै शिक्षाविद् तथा सरोकारवालाहरुले वारम्बार सरकारलाई सचेत गराउँदै आएका छन् । शिक्षाविद् मनप्रसाद वाग्ले यस्तो शिकाईले शिक्षामा बिभेद निम्तिनसक्नेतर्फ सरकार तथा विद्यालयहरु सचेत हुनुपर्ने बताउँछन् । इन्टरनेट, मोवाई, रेडियो, टेलिभिजन के कति घरपरिवार र विद्यार्थीको पहुँचमा छ भन्ने एकिन नै नगरि हचुवाको भरमा निर्णय गरिदा विद्यार्थीको मनोबल गिर्ने तथा शिक्षण शिकाईको गुणस्तर कायम गर्न नसकिने उनको मत छ ।
अझ रेडियो तथा टीभीबाट शिकाइएका कुरा विद्यार्थीले ग्रहण गरे नगरेको, उनीहरुले शिकाई अभ्यासमा कतिको ध्यान दिन्छन भन्ने जान्न नै गाह्रो पर्नेछ । पर्याप्त तयारी, योजना र शिकाईको प्रभावकारीताको अध्ययन गरेर मात्रै लकडाउनको शैक्षिक गतिबिधि अघि बढाउनुपर्ने सुझाब आइरहँदा सरकार र विद्यालयहरु भने टेलिभिजन र रेडियोबाट बैकल्पिक शिकाई थाल्ने अन्तिम तयारीमा छन् ।
यस्तो छ, नेपालीहरुको दुरसञ्चारमा पहुँच
हालैमात्र शेयरकास्ट इनिसियटिभ नेपालले गरेको नेपाल मिडिया सर्वेक्षण, २०१९ अनुसार ९६ प्रतिशत घरपरिवारसँग मोबाइल फोन सुविधा छ । यीमध्ये ६१ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन् । ५९ प्रतिशतले मोबाइल फोनबाट इन्टरनेट चलाउँछन् र ३४ प्रतिशतले ब्रोडब्यान्ड र वाईफाई प्रयोग गर्छन् । युट्युब प्रयोगकर्ता गत वर्षभन्दा दोब्बर हुन पुग्दा रेडियो र टेलिभिजनबाट सूचना लिनेको संख्या करिब ५० प्रतिशत पुगेको छ । नेपालमा कम्प्युटर र ल्यापटपको यकिन संख्यासम्बन्धी तथ्यांक प्राप्त नभए पनि विश्व बैंकको एक तथ्यांकले ६६ अर्ब रुपैयाँको सूचना तथा संचार साधन नेपाल भित्रिएको देखाएको छ । गाउँगाउँमा पुगेको रेडियो, टेलिभिजन तथा दुरसञ्चारको पँहुचले केही तयारी गर्ने हो भने घरघरमै पठनपाठन सम्भव हुने देखाएको छ ।
सन् २०१७ को इनर्जी प्रोग्रेस रिपोर्टले नै ९५ दशमलब ५ प्रतिशत नेपालीहरुको विद्युतमा पहुँच पुगेको देखाएको छ । इन्टरनेटसहितको विद्युतीय एवं डिजिटल साधन प्रयोगमा व्यापकता आइसकेका कारण अनलाइन शिक्षा केही अपवादबाहेक राम्रो र अत्यन्त प्रभावकारी हुँने आँकलन गरिएको छ । डिजिटल शिक्षा असम्भव, सबैको पँहुचमा नपुग्ने प्रचारलाई यी सर्बेबाट हौसिएको सरकारले गलत भन्दै आएको छ ।
पढाई हुने कार्यतालिका
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्