Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुग्यो, ७३ जिल्लामा संक्रमण विस्तार

पछिल्लो २४ घण्टामा ४ सय २५ संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय २५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा ३ सय ७५ पुरुष र ५० जना महिला रहेका छन् ।

कोरोना परिक्षण र क्वारेन्टाइनमा रहनेको संख्या
आइतबारसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर जाँच गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८९ जनाको पीसीआर जाँच भएको छ । २ लाख १० हजार ७ सय २१ जनाको आरडीटी जाँच हुँदा पछिल्लो २४ घण्टामा मात्रै २० हजार १ सय ३९ को आरडीटी जाँच गरिएको छ । क्वारेन्टाइनमा १ लाख ४३ हजार ६ सय ४१ ज्ना रहेका छन् । आइसोलेसनमा ४ हजार ७ सय ६७ जनाको उपचार भैरहेको छ ।

कोरोना उपचार र मृत्युको अवस्था
पछिल्लो २४ घण्टामा उपचाररत ६१ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या ९ सय ७४ पुगेको छ । यीमध्ये पुरुष ८ सय ७७ र महिला ९७ जना रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । रुकुम पूर्वमा समेत कोरोना संक्रमित पहिचान भएसँगै कोरोना संक्रमण विस्तार हुने जिल्लाको संख्या ७३ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्