Techie IT
Mission Khabar

काठमाडौं उपत्यकाका ५ जनामा कोरोना संक्रमण, अत्यावश्यक काम बाहेक हिडडुल नगर्न आग्रह


काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा समेत ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारकाठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरमा एक महिलामा कोरोना संक्रमण पहिचान भएको हो ।

पछिल्लो २४ घण्टाको पीसीआर जाँचका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएपनि स्थान खुलाइएको छैन ।  केही दिन अघिदेखी काठमाडौं उपत्यकामा संक्रमित भेटिएका थिएनन् । योसँगै बजार पसल खुलेर चलायमान हुँदै गरेको काठमाडौं उपत्यकामा त्रासदी बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भीडभाड बढ्दा, अनावश्यक काममा बाहिर निस्किदा जोखिम बढ्नेतर्फ सचेत गराउँदै भौतिक दूरी कायम गर्न, सुरक्षा सावधानी अपनाउन तथा अत्यावश्यक काम बाहेक हिडडुल नगर्न भनेको छ । बिशेषगरी बृद्धबृद्धा र बालबालिकामा संक्रमण सर्ने जोखिम बढी हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्