मनसुन सक्रिय भएकै हो त, यस्तो छ तीनदिनको मौसम पूर्वानुमान

काठमाडौं । मनसुन सक्रिय भएको भन्दै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । मौसमविद् प्रतिभा मान्नधरका अनुसार जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हो ।
मंगलबार देशको पूर्वी तथा मध्य भूभागसम्म प्रभाव पार्ने मनसुनले बुधबारबाट पश्चिमी भूभागमा असर पार्ने बताइएको छ । हाल प्रदेश नं ५ का केही भूभाग गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षा हुने जानकारी गराएको छ ।
भारी वर्षाबाट नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावनाको पूर्वानुमान गरेको विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
असार ०२ गते (मंगलबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्का देखि मध्ययम वर्षाको सम्भावना । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशकाका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षा । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना ।
राति : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्का देखि मध्ययम वर्षा । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ केही स्थानहरुमा भारी वर्षाको पूर्वानुमान ।
असार ०३ गते (बुधबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली, बाँकी प्रदेशहरूमा सामान्य बदली । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षा । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको पूर्वानुमान ।
राति : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थान साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षा । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
असार ०४ गते (बिहिबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली, बाँकी प्रदेशहरूमा सामान्य बदली । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षा । प्रदेश १, र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान ।
राति : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली, बाँकी प्रदेशमा सामान्य बदली । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षा । बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान ।
यसरी तीनदिनसम्म मनसुन देशभर सक्रिय हुने पूर्वानुमान गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी सहितका सचेतना अपनाउन सबैमाझ अनुरोध गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्