Techie IT
Mission Khabar

थपिए ३ सय ८० संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

२४ घण्टामा थपिएका संक्रमितको जिल्लागत विवरण
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना, अछामका १ जना, बैतडीका २१ जना रहेका छन् ।

यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडौँका १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रोल्पाका १ जना , रुपन्देहीका ३ जना र सर्लाहीका १६ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर बिधीबाट स्वाब परिक्षण गरिदा जम्मा पीसीआर जाँचको संख्या १ लाख ४३ हजार ७ सय ३८ पुगेको छ । मंगलबार साँझसम्म २ लाख २३ हजार ५ सय १९ जनाको आरडीटी जाँच सम्पन्न भएको छ ।मंगलबारसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११७ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ११५८ पुगेको छ ।  ७३ जिल्लामा विस्तार भएको कोरोना संक्रमणका कारण अहिलेसम्म नेपालमा १९ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्