Techie IT
Mission Khabar

मनसुन सक्रिय बन्दै, बाढी पहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को आग्रह


काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भूभागमा केही दिनयता वर्षाले निरन्तरता पाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा जारी छ । दिउँसो तथा रातीसम्म हवाइ उडानदेखि सडक यातायात समेत प्रभावित हुने गरी भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सावधानीसहित सतर्क रहन सबैलाई अपिल गरेको छ ।

पछिल्लो तीन दिनको मौसमपूर्वानुमान सार्वजनिक गरेको विभागले देशको प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना औल्याउँदै खोला नदीमा बढ्नसक्ने पानीको वहावको जोखिम र पहिरो जाने जोखिमतर्फ सतर्क रहन सार्वजनिक रुपमा अपिल गरेको छ । मौसमविद्का अनुसार अहिले नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले देशभर नै सामान्य बदली भएको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानहरूमा सामान्य वदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने र सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जोखिमको पूर्व आँकलन सहित महाशाखाले खोला नदी लगायत पानीको वहाव बढ्नसक्ने स्थान र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा सर्तकर्ता बढाउन आग्रह गर्दै आएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्