नेपालमा कोरोना : पछिल्लो एक सातामा साँढे २ हजार संक्रमित, ५ जनाले गुमाए ज्यान
६ हजार ५ सय ९१ संक्रमित,११५८ जना संक्रमणमुक्तहुँदा २० जनाको मृत्यु

काठमाडौं । लकडाउन खुकुलो बनाइएको नेपालमा पछिल्लो एक सातामा मात्रै दुई हजार ५ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा ५ सय ७४ कोरोनामुक्त भएर घर फर्किएका छन् । पछिल्लो एक सातामा मात्रै पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो पटक मंगलबार बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो । मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि जेठ ३० गते अस्पताल भर्ना गरिएकी उनको मृत्युपछि कोरोना रिपोर्ट आएको थियो ।
पछिल्लो एक सातामा थपिएका संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ २८ देखि असार २ गतेसम्मको (एक साता) मा २ हजार ५ सय ६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जेठ २७ गतेसम्म चार हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पहिचान भएको थियो ।
जेठ २८ मा २७९ संक्रमित थपिएकोमा जेठ २९ मा २५० जनामा कोरोना पुष्टि भयो । जेठ ३० मा ४ सय ४८ जनामा संक्रमण देखिएकोमा जेठ ३१ मा २ सय ७३ जना नयाँ संक्रमित थपिए । जेठ ३२ गते ४२५ जना थपिएकोमा एकैदिन सबैभन्दा बढी संक्रमित थपिएको रेकर्ड बनाउँदै असार १ मा ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भयो । जेठ २ गते ३ सय ८० संक्रमित थपिएसँगै मंगलबारसम्म संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
निको हुनेहरुको संख्या
पछिल्लो एक सातामा ५ सय ७४ जना कोरोनामुक्त भएका छन् । जेठ २७ सम्म कोरोना निको हुनेको संख्या ५ सय ८४ रहेकोमा जेठ २८ गते ९० संक्रमित निको भए । जेठ २९ गते १ सय ८७ जना, जेठ ३० गते १६ जना, जेठ ३१ गते ३६ जना, जेठ ३२ गते ६१ जना, असार १ गते ६७ जना कोरोना जितेर घर फर्किएका थिए । असार २ गते मंगलबार १ सय १७ जना डिस्चार्ज भए । अहिलेसम्म कोरोनामुक्त हुनेहरुको संख्या १ हजार १ सय ५८ पुगेको छ ।
पछिल्लो एक सातामा पाँच जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् । पछिल्लो सात दिनमा मात्रै पाँच जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । जेठ ३० गते अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भयो । जेठ ३१ गते पर्साका अन्दाजी २५ वर्षीय पुरुष र बारा निजगढका ५ वर्षीय एक बालकले कोरोनाबाटै ज्यान गुमाए । जेठ ३२ गते गुल्मी धुर्कोट गाउँपालिकाका ३६ वर्षीय एक पुरुषले कोरोना संक्रमणबाट मृत्यु भयो ।
असार २ गते मात्रै पनि बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार विहानसम्म नेपालका ७७ जिल्ला मध्ये ७३ जिल्लामा कोरोना विस्तार भएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्