Techie IT
Mission Khabar

उच्च रेकर्ड सहित कोरोना पहिचान, संक्रमित ७ हजारबाट उकालो लाग्दा २० जनाको मृत्यु

एक हजार १ सय ६७ जना कोरोना जितेर अस्पतालबाट घर फर्किए


काठमाडौं । नेपालमा एकैदिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको रेकर्ड बनाउँदै ५ सय ८६ कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्म धेरै पहिचान भएको संख्याभन्दा करिव डेढ सयले बढी हो । योसँगै नेपालमा कोरो संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
पछिल्लो २४ घण्टामा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ३३ हजार ५४३ नमुना परीक्षण भएका छन् । २४ घन्टामा १० हजार २४ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिदा पछिल्लो २४ घन्टामा ६ हजार ३७ स्वाब परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २५ हजार ७९८ छ। अहिलेसम्म कोरोना संक्रमण ७३ जिल्लामा विस्तार भएको छ ।

देशका विभिन्न स्थानमा २० जनाको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका २, बारा २, गुल्मी २, बाँके २, बाजुरा १, ललितपुर १, सिन्धुपाल्चोक १, दोलखा १, डोल्पा १, पाल्पा १, दैलेख १, सुर्खेत १, पर्सा १, कैलाली १, स्याङ्जा १ र चितवनमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

बुधबार साँझसम्म एक हजार १ सय ६७ जना कोरोना जितेर अस्पतालबाट घर फर्किएका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा मात्रै होइन्, उनीहरुको संम्पर्कमा रहेका पेशाकर्मीमा समेत कोरोना सरेको रुपमा पहिचान भैरहेको छ ।

क्वारेन्टाइन ब्यवस्थित नहुँदा संक्रमित संख्या बढेको छ भने सरकारले लकडाउन खुकुलो बनाएर सर्वसाधारणमा जोखिम बढाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्