Techie IT
Mission Khabar

कुलमान घिसिङको चमत्कार : घरायसी उपभोक्तालाई न्यूनतम बिजुली महसुल ३० रुपैयाँ


काठमाडौं । सरकारले ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लिनेगरी विद्युत महसुल घटाएको छ । अब थोरै मात्रै विजुली खपत गर्ने तल्लो तहका उपभोक्ताले निःशुल्क विजुली पाउने भएका छन् ।

विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेसँगै काम खपत गर्ने उपभोक्ताले ठूलो राहत पाउने भएका छन् । विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । उनीहरुका लागि प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम गरिएको छ । २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ । नयाँ शुल्क अनुसार ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने हुन्छ । ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट विद्युत महसुल तिर्नुपर्ने छ ।

१ सय १ देखि १ सय ५० युनिटसम्म खपत गर्ने घरेलु ग्राहकसँग १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क लिइनेछ । १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने ग्राहकले १ सय २५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल बुझाउनुपर्ने छ । २ सय ५१ देखि ४०० युनिटसम्म खपत गर्दा १ सय ५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल बुझाउनुपर्छ । ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १ सय ५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने गरि नयाँ विजुली महसुल तोकिएको छ । आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुली लाइन लिँदा खपतका आधारममा फरक फरक महसुल लिनेगरी शुल्क निर्धारण गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको र थोरै खपत गर्ने उपभोक्ताले ठूलो राहत पाउने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएसँगै घिसिङले चुहावट रोक्ने, जथाभावी प्रयोग घटाउने लगायतका सुधारका काम मार्फत लोडसेडिङ अन्त्य गर्दै आएका छन् ।

यस्तो छ, पछिल्लो विद्युत महसुल


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्