Techie IT
Mission Khabar

आत्महत्या गरेका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण पुष्टि, सरकारी ढिलासुस्तीको परिणाम


काठमाडौं \ बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

जेठ १० गते नेपाल आएका उनको जेठ २४ गते आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा रिपोर्ट आउन ११ दिन लाग्यो । पीसीआर रिपोर्ट कुरेर बुधबार दिनभर रुखमै झुण्डिएकै अवस्थामा छाडिएको शब साँझ ५ बजेतिर नेपाली सेनाले वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको छ ।

यसअघि सुर्खेतको क्वारेन्टिनमा आत्महत्या गरेकी एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा भीडभाड भएको बस्ने खाने सुविधा नभएको भन्दै क्वारेन्टाइन समुदाय र परिवारमा कोरोना सार्नबाट रोक्ने भन्दै विस्तार गर्ने काम भएको भन्दै तीन तहको सरकारको व्यवस्थापनमा प्रश्न उठ्दै आएको छ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्