Techie IT
Mission Khabar

रेकर्ड बनाउँदै कोरोना, ७८४८ संक्रमित पुग्दा २२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ । अहिलेसम्म कोरोनामुक्त हुनेहरुको संख्या ११८६ पुग्दा कोरोनाका कारण २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरमा संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अर्घाखाँचीमा ९७, डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५\५ जना, पर्वत र दाङका ४\४ जना, बाँके, बर्दिया र गुल्मीका ३\३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २\२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १\१ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहिवारसम्म १ लाख ५५ हजार ५ सय १८ जनाको र २ लाख ३४ हजार ७५ जनाको आरडीटी जाँच पुरा भएको छ । उपचारका क्रममा ६ हजार ६ सय ४० जना आइसोलेसनमा रहेको सरकारी रेकर्ड छ । क्वारेन्टिनमा बस्नेहरुको संख्या १ लाख २६ हजार २१५ रहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्