Techie IT
Mission Khabar

कोरोना बारे प्रधानमन्त्रीको विश्लेषण, मंसिरसम्म विस्तार पुसमा नियन्त्रण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर उच्चविन्दुमा पुग्ने र फागुन महिनामा नियन्त्रणमा आउने विश्लेषण सुनाएका छन् ।

बढ्दो क्रममा रहेको कोरोना संक्रमण दशैं तिहार र छठजस्ता चाड पर्वसँगै केही तिब्र हुने आँकलन गर्नुभएका प्रधानमन्त्री ओलीले मंसिर अन्तिमबाट ओरालो लाग्ने कोरोना संक्रमण फागुन महिनामा नियन्त्रणमा आउने दाबी गरेका हुन् । संक्रमितहरूलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण भएको मुत्युको संख्यामाथि प्रश्न उठाउँदै २ ३ जनाको बाहेकको मृत्यु अन्य रोगका कारण भएपनि विश्वस्वास्थ्य संगठनको प्रोटोकलका आधारमा संक्रमण पुष्टि भएका सबैलाई कोरोनाका कारण ज्यान गुमाउनेको लिस्टमा राखिएको बताएका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्