Techie IT
Mission Khabar

तपश्वी बम्जन खोज्न सिन्धुली आश्रम पुगेको प्रहरी तेश्रो पटक खाली हात फर्कियो


काठमाडौं । प्रहरीले तपश्वी भनिने रामबहादुर बम्जनको आश्रममा तेश्रो पटक छापा मारेको छ । सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो ।

प्रहरीले छापा मारेको पुष्टि गर्दै सिन्धुलीकी एसपी रञ्जु सिग्देलले उनी आश्रममा बम्जन नभेटिएको जानकारी दिइन् । यसअघि ०७६ पुस र २४ माघमा प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा छापा हानेको थियो । पहिलो र दोश्रो पटक छापा मार्दा सुरुमै सूचना चुहाइँदा बम्जन आश्रमबाट उम्कन सफल भएकोमा यो पटक पनि बम्जन आश्रममा रहेको सूचना पाएपछि सिन्धुली पुगेको सीआईबी टोली खालीहात फर्किएको छ ।

बम्जनमाथि आश्रमका अनुयायीलाई बेपत्ता पारेको आरोप लाग्दैआएको छ भने उनकै अनुयायीले आफूमाथी यौँन शोषण भएको आरोप लगाएकी छिन । बम्जन बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरिसकेको भएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्