Techie IT
Mission Khabar

तपश्वी बम्जन खोज्ने प्रहरीको तेश्रो प्रयास, आश्रम पुगेको सीआईबी खाली हात फर्कियो


काठमाडौं । प्रहरीले तपश्वी भनिने रामबहादुर बम्जनको आश्रममा तेश्रो पटक छापा मारेको छ । सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो ।

प्रहरीले छापा मारेको पुष्टि गर्दै सिन्धुलीकी एसपी रञ्जु सिग्देलले उनी आश्रममा बम्जन नभेटिएको जानकारी दिनुभयो । यसअघि ०७६ पुस र २४ माघमा प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा छापा मारेको थियो । पहिलो र दोश्रो पटक छापा मार्दा सुरुमै सूचना चुहाइँदा बम्जन आश्रमबाट उम्कन सफल भएकोमा यो पटक पनि बम्जन आश्रममा रहेको सूचना पाएपछि सिन्धुली पुगेको सीआईबी टोली खालीहात फर्किएको छ । बम्जनमाथि आश्रमका अनुयायीलाई बेपत्ता पारेको आरोप लाग्दैआएको छ भने उनकै अनुयायीले आफूमाथी यौँन शोषण भएको आरोप लगाएकी छिन ।

सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता रहेको भन्दै प्रहरीमा उजुरी परेको छ । बम्जन बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरिसकेको भएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्