Techie IT
Mission Khabar

बढ्दै खाद्यपदार्थको आयात, बन्दाबन्दीमा ३८९० ट्रक काठमाडौं उपत्यका भित्रिए


काठमाडौं । कोरोना रोकथामका लागि भएको बन्दाबन्दीको अवधिमा खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८ सय ८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २ सय २७ मेट्रिक टन दलहन, ९९ हजार ३ सय ७३ मेट्रिक टन तरकारी, ३९ हजार ४ सय ४८ मेट्रिक टन फलफूल र १२ हजार ३ सय ११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बन्दाबन्दी सुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको जानकारी दिए । पहिलो हप्तादेखि दशौँ हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा ६ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६ सय ५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले आयात वृद्धि भएको छ । पाँचौँ हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात बन्दाबन्दीको दशौँ हप्ताको तुलनामा एघारौँ हप्ताबाट दोब्बर भएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा दलहन तथा गेडागेडी, फलफूल आयात वृद्धि भएको देखिन्छ ।

भन्सारको रेकर्ड अनुसार रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तर रूपमा सामान आयात भइरहेको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर तीन हजार ८९० ट्रकहरु काठमाडौं उपत्यका भित्रिएका छन् । धान बोकेका ७०, मकै बोकेका ३ सय ९२, चामलका ६ सय ६४, गहुँका १ सय ४७, मैदाका १ सय ५१, चिनीका १ सय १, नुनका ३१, दालका १ सय ५, अण्डाका १ सय ३५, कुखुराका १ सय ६७, फलफूलका ४ सय २०, दूधका २ सय ७६, औषधिका २ सय ९, घ्यूतेलका १ सय ९२, अक्सिजनका नौ र तरकारीका ८ सय २१ ट्रक उपत्यका प्रवेश गरेको सरकारी तथ्यांक छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्