७४ जिल्लामा कोरोना विस्तार, नेपालमा संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं । शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।
देशभर शुक्रबारसम्म एक लाख ६१ हजार ७ सय ४९ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४७ हजार २ सय ७४ जनाको आरडीटी परीक्षण सम्पन्न भएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ९ हजार ४ सय ६१ जना रहँदा आइसोलसनमा ६ हजार ८५० कोरोना संक्रमितहरु उपचाररत छन् ।
पछिल्लो पाँच दिनमा थपिएका कोरोना संक्रमित
शक्रुबा आज ४२६ जना, बिहीबार ६७१ जना, बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५८६ जना, मंगलबार ३८० र सोमबार ४५५ जनामा संक्रमण पुष्टि ।
अहिलेसम्म कोरोना संक्रमण देशका ७७ मध्ये ७४ जिल्लामा विस्तार भएको छ । कोरोना संक्रमणका कारण २२ जनाले ज्यान गुमाएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #corona update, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्