Techie IT
Mission Khabar

ल्याबमै थन्किए हजारौँ स्वाब, कोरोनाको सुस्त जाँचले बढाउँदै जोखिम


काठमाडौं । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर १ लाख ९ हजार मानिस क्वारेन्टिनमा छन् । उनीहरुमध्ये केहीलाई आरडीटी विधिबाट मात्र परीक्षण गरेर घर पठाइएपनि धेरै पीसीआर टेष्ट र कतिपय रिपोर्टको पर्खाइमा छन् । देशभरका प्रयोगशालामा दैनिक पीसीआर टेष्ट ६ हजार हाराहारी मात्रै हुन्छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३१ नमुना परीक्षण भएको छ । एउटा मात्र पीसीआर मेसिन जडान भएका प्रयोगशालाको दैनिक क्षमता २ सयदेखि ३ सय नमुना टेष्ट गरिन्छ । तर मुस्किलले ३ सय नमुना परिक्षण हुने ल्याबमा एक हजार भन्दा बढी स्वाब संकलन भैरहेको छ । पछिल्लो तथ्यांकअनुसार २ नम्बर प्रदेशमा ७ हजार ४८५ स्वाबको रिपोर्ट आउन बाँकी छ भने प्रादेशिक प्रयोगशाला हेटौंडामा ४ हजार ८५७ नमुना परिक्षणको पर्खाइमा छन् । ५ नम्बर प्रदेशमा ८ हजार ५ सय ४२ स्वाब, गण्डकी प्रदेशमा १४ सय ५२ स्वाब परिक्षणको पर्खाइमा छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा १५०० स्वाब थुप्रिएका छन् । यहाँ परिक्षण नहुने भएपछि एक हजार नमुना काठमाडौं पठाइएको छ भने ५०० स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३०० स्वाब प्रदेश १ मा १ हजार २९० नमुना संकलन गरी परीक्षणको लाइनमा छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा एक हजार स्वाब होल्ड छ । देशभरको स्वाब संकलनको दर र प्रयोगशालाको क्षमताले अहिले संकलन भएका स्वाबहरुको रिपोर्ट आउन नै ५\७ दिन लाग्न सक्छ । ढिला रिपोर्ट आउँदा क्वारेन्टिनमा बसेकामध्ये कोही संक्रमित भए अरुलाई सार्ने खतरा हुने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएकाछन् । यसरी प्रयोगशालामा स्वाबको संख्या बढिरदा रिपोर्ट आउन समेत एक साताभन्दा बढी समय पर्खिनुपरेको छ ।

क्वारेन्टाइनमा कोरोना जाँचको रिपोर्ट कुर्ने र स्वाब संकलनकै प्रतिक्षामा बस्नेहरुको संख्या हजारौँ हजार छ । पटक पटक नीजि क्षेत्रलाई आरडीटी र पीसीआर जाँचको अनुमति दिने भनिएपनि राम्रालाई भन्दा स्वास्थ्यका कर्मचारी नेता र उनीहरुका नातागोताको प्रयोगशाला वा अस्पताललाई कमाउने अवशर दिन ढिलासुस्ती गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्