वैदेशिक रोजगारी खुल्ला, विद्यार्थीलाई मन्त्रालयको सिफारिसमा उडान अनुमति

काठमाडौं । सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले सम्बन्धित मन्त्रालयको सिफारिसका आधारमा उडान अनुमति दिने निर्णय गरेको हो ।
विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा र वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायको सिफारिसका आधारमा उडान भर्न पाउनेछन् । कूटनीतिक नियोगमा काम गरेर फर्केका र बाहिर जानु पर्नेलाई पनि जान दिने निर्णयमा सरकार पुगेको छ ।
आप्रवासी नेपाली कामदारलाई निशुल्क स्वदेश ल्याउने गृहकार्य
रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन बनाउने तयारीमा समेत सरकार जुटेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि सरकारले श्रम मन्त्रालयलाई दिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्